जितेन्द्र भण्डारी (इमेज)
पाँचथर, पुस ३० । पाँचथरको फिदिममा सम्पन्न १०औं फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताको उपाधि झापा–११ ले जितेको छ ।
सोमबार भएको फाइनल खेलमा विभागीय टिम त्रिभुवन आर्मी क्लबलाई २–१ ले हराउँदै झापा च्याम्पियन बनेको हो ।
झापालाई उपाधि दिलाउनेक्रममा पुजन उपरकोटीले दुई गोल गरे । उनले खेलको २३औं र ८३औं मिनेटमा गोल गरेका थिए ।
आर्मीका तर्फबाट राजीव गुरुङले खेलको ७२औं मिनेटमा एक गोल फर्काएका थिए ।
उपाधिसँगै झापाले नगद ४ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्यो । उपविजेता बनेको आर्मीले २ लाख रुपैयाँमा चित्त बुझायो ।
आर्मीका राजीव फाइनल खेलको ‘म्यान अफ दी म्याच’ घोषित भए ।
यी हुन् उत्कृष्ट
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी झापाका दिलेन लोक्ताम घोषित भए । उनले यामाहको १२५ सीसीको एउटा मोटरसाइकल प्राप्त गरे ।
यस्तै, उत्कृष्ट फरवाड झापाकै दिलेन लोक्ताम, उत्कृष्ट मिडफिल्डर झापाकै पुजन उपरकोटी, उत्कृष्ट डिफेन्डर आर्मीका युद्ध शाही र उत्कृष्ट प्रशिक्षक झापाका प्रवेश कटुवाल घोषित भए ।
प्रतियोगिताको सर्वाधिक गोलकर्ता झापाका कर्ण लिम्बू बने ।
‘राइजिङ प्लेयर’ आयोजक फिदिम स्पोर्टिङ क्लबका प्रविन जवेगु भए ।
उत्कृष्ट घोषित भएकाहरुले जनही १० हजार रुपैयाँ पाए ।
यही पुस २१ गतेबाट सुरु भएको प्रतियोगितामा १० टिमको सहभागिता रहेको थियो ।









प्रतिक्रिया दिनुहोस्