Logo १९ चैत्र २०८२, बिहिबार | Thu Apr 2 2026


च्यासललाई पन्छाउँदै थ्रीस्टार सेमिफाइनलमा


0
Shares

बिराज रोस्यारा (इमेज)

कैलाली, पुस ३० । च्यासल युथ क्लबलाई हराउँदै थ्रीस्टार क्लब सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

सोमबार भएको क्वार्टरफाइनल खेलमा च्यासललाई १–० ले पराजित गर्दै थ्रीस्टारले अन्तिम चारमा स्थान बनाएको हो ।

धनगढी रंगशालामा भएको खेलमा थ्रीस्टारको जितमा रुपेश केसीको एकमात्र गोल निर्णायक बन्यो ।

खेलको पहिलो हाफ गोलरहित रहेको थियो ।

तर, खेल सकिन तीन मिनेट समय बाँकी छँदा थ्रीस्टारका रुपेशले गोल गरे । सुनील बलको क्रसमा रुपेशले हेडमार्फत् गोल गरेका थिए ।

निर्णायक गोल गरेका थ्रीस्टारका रुपेश नै ‘म्यान अफ दी म्याच’ घोषित भए । उनले १० हजार रुपैयाँ प्राप्त गरे ।

थ्रीस्टारले अब फाइनल प्रवेशका लागि बुधबार मेची नेत्रालय काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टरको सामना गर्नेछ ।

मंगलबार हुने अन्तिम क्वार्टरफाइनलमा संकटा क्लबले क्यामरुनको दाफिनास एफसीको सामना गर्ने आयोजकले जनाएको छ ।