Logo ३० असार २०८३, मंगलबार | Wed Jul 15 2026


सेयर साप्ताहिकः कारोबारमा सुधार


0
Shares

कारोबार रकम गत साताकोभन्दा ५५ प्रतिशत बढी हो । गत साता १७१ कम्पनीहरुका दुई अर्ब ३२ करोड रुपैयाँ बराबरका ४३ लाख ७७ हजार कित्ता सेयरहरु खरिद–बिक्री भएका थिए ।

साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा १०.६५ अंकले बढेर अन्तिम दिन १५३०.३१ अंकमा पुगेको छ । तर, गत साताको तुलनामा भने नेप्से २५ अंक बराबरले ओरालो लागेको हो ।

गत विहीबार १५ सय ५४ मा रहेको नेप्से आइतबार ३५ अंकले झरेर १५ सय १९ मा आइपुगेको थियो । त्यसयता पनि ओरालो लाग्दै साताको अन्तिम दिन सुधारिएको हो ।

समूहगत उतार–चढावअन्तर्गत् यो हप्ता बिमा समूह सबैभन्दा उच्च १ सय ५४ अंकले उकालो लाग्यो । विकास बैंक समूह सबैभन्दा उच्च १८ अंकले ऋणात्मक रह्यो ।

यो साता कारोबार रकम (१९ करोड १४ लाख रुपैयाँ) को आधारमा नबिल बैंक अग्रस्थानमा रहेको छ ।

कारोबारकै आधारमा नबिल बैंकलाई निर्धन उत्थान बैंक, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी, नेपाल बैंक अनि नेपाल इन्भेस्टमेन्ट बैंकले क्रमशः पच्छ्याउन पुगे ।

यो हप्ता नेप्स्मा मिर्मिर माइक्रोक्रेडिट डेभलपमेन्ट बैंक को १ लाख ५० हजार कित्ता, हाम्रो विकास बैंकको ३ लाख ७० हजार कित्ता र स्वरोजगार लघुवित्त विकास बैंकको ३ लाख ५० हजार कित्ता बराबर हकप्रद सेयर सूचीकृत भएको नेप्सेले जनाएको छ ।