३० बैशाख २०८२, मंगलबार | Tue May 13 2025


डा. केसीको अनसनबारे मिश्रित प्रतिक्रिया


0
Shares

काठमाडौं, असार १७ । नेपाल चिकित्सक संघका वरिष्ठ उपाध्यक्ष ढुण्डीराज पौडेलले मेडिकल शिक्षा र अध्यादेशको विषयमा डा. गोविन्द केसीले उठाएका सवै माग पूरा गर्न कठीन हुने धारणा राखेका छन् ।

राजधानीमा आज आयोजित कार्यक्रममा उनले डा केसी आफ्नो खुशीले अनसन बस्न जुम्ला गएको बताए ।

अधिवक्ता ओमप्रकाश अर्यालले भने वरिष्ठ चिकित्सक डा गोविन्द केसीले उठाएका माग जायज रहेको बताए ।

मेडिकल शिक्षा सम्बन्धमा सिफारिस गर्न गठित माथेमा आयोगको प्रतिवेदनकै बूँदाहरु डा केसी उठाएको उनको भनाइ थियो ।

कार्यक्रममा निजी मेडिकल कलेजका संचालकहरुले नेपालका निजी मेडिकल कलेजहरुले गुणस्तरीय शिक्षा प्रदान गरिरहेको दाबी गर्दै डा केसीको माग पूरा गर्दा सवै मेडिकल कलेजहरुलाई राष्ट्रियकरण गर्नुपर्ने बताएका थिए ।

कार्यक्रममा निजी मेडिकल एण्ड डेन्टल कलेज एशोसिएसन नेपालका अध्यक्ष डा. सुरेशकुमार कनौडियाले निजी मेडिकल कलेजहरुलाई राज्यले निर्वाध रुपमा बाँच्न दिनुपर्ने बताए ।