Logo १९ चैत्र २०८२, बिहिबार | Thu Apr 2 2026


म्यान्चेस्टर युनाईटेडद्वारा टोटनह्याम पराजित, एभर्टनसँग बर्नमाउथ स्तब्ध


0
Shares

काठमाडौं । इङ्लिस प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर युनाईटेडले टोटनह्याम हट्सपरलाई पराजित गरेको छ ।

गएराति टोटनह्यामको मैदानमा भएको खेलमा म्यान्चेस्टर युनाईटेड १–० ले विजयी भयो ।

पूर्व खेलाडी ओले गुना सोल्सायर प्रशिक्षकमा नियुक्त भएपछि युनाइटेडको यो लगातार छैटौं जित हो ।

गएराति टोटनह्यामविरुद्ध म्यान्चेस्टर युनाईटेडलाई विजयी गराउन मार्कस रास्फोर्डले निर्णायक गोल गरे ।

जितसँगै म्यानचेष्टर युनाइटेड ४१ अंक बनाउँदै लिगको अंक तालिकामा पाँचौं स्थानमा उक्लिएको छ ।

यो पराजयका कारण टोटनह्यामलाई भने उपाधि अभियानमा धक्का लागेको छ । ४८ अंक बनाएको टोटनह्याम लिग लिडर लिभरपुलभन्दा ९ अंकले पछि परेको छ ।

प्रिमियर लिग अन्तर्गत गएराति नै भएको अर्को खेलमा एभर्टनले बर्नमाउथलाई २–० ले हराएको छ ।

लिगमा आज राती हुने खेलमा शीर्ष स्थानको म्यान्चेस्टर सिटीले वुल्भरह्याम्पटन वान्डरर्ससँग खेल्नेछ ।