परिसंघले सोमबार राजधानीमा गरेको कार्यक्रममा श्रम ऐन २०७४ ले रोजगारदाता एवं श्रमिकबीच राम्रो सम्बन्ध स्थापित गर्ने विश्वास पनि व्यक्त गरेको छ ।
कार्यक्रममा कार्यपत्र प्रस्तुत् गर्दै वरिष्ठ अधिवक्ता पवन ओझाले श्रम ऐनमा राखिएको श्रमशोषणाका सबै व्यवस्थालाई अन्त्य गर्ने, उत्पादकत्व वृद्धि गर्नेलगायतका प्रस्तावनाले श्रम सम्बन्ध बलियो बनाउने बताए ।
उनले पारिश्रमिकसम्बन्धी व्यवस्थामा भने खासै परिवर्तन नगरिएको बताए ।
श्रम ऐनमा प्रत्येक रोजगारदाताले आंशिक काम गर्नेका लागि पनि सञ्चयकोष, उपदान वा सामाजिक सुरक्षासम्बन्धी सुविधामा योगदान गर्नुपर्नेलगायतका व्यवस्था गरिएको छ ।
यस्तै, १४ वर्षमुनिका बालबालिकालाई काममा लगाउन नपाउने प्रावधान राखिएको छ ।









प्रतिक्रिया दिनुहोस्