पाँचथर, पुस २८ । त्रिभुवन आर्मी क्लब पाँचथरको फिदिममा जारी १०औं अन्तर्राष्ट्रिय आमन्त्रण फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
शनिबार भएको दोस्रो सेमिफाइनल खेलमा भारतको रोयल एफसी दार्जिलिङलाई २–१ ले पराजित गर्दै आर्मी उपाधिनजिक पुगेको हो ।
आर्मीलाई जिताउनेक्रममा राजेश पौड्यालले खेलको १६औं र एरिक बिस्टले ८९औं मिनेटमा एक/एक गोल गरे ।
दार्जिलिङका तर्फबाट सिद्धान्त क्षेत्रीले २१औं मिनेटमा एक गोल गरेका थिए ।
आर्मीले अब उपाधि भिडन्तमा झापा–११ को सामना गर्नेछ । शुक्रबार भएको पहिलो सेमिफाइनलमा सरस्वती युथ क्लबलाई पराजित गर्दै झापाले फाइनलमा स्थान बनाइसकेको छ ।
फाइनल खेल पुस ३० गते हुनेछ ।
प्रतियोगिताको विजेताले चार लाख र उपविजेताले दुई लाख रुपैयाँ पुरस्कार पाउने आयोजक फिदिम स्पोर्टिङ क्लबले जनाएको छ ।








प्रतिक्रिया दिनुहोस्