
दूधे खेल मैदानमा सोमबार भएको दोस्रो सेमिफाइनल खेलमा हिमालयन शेर्पा क्लबलाई २–१ ले हराउँदै सशस्त्रले फाइनलमा ठाउँ बनाएको हो ।
सशस्त्रका सरोज कोइरालाको आत्मघाती गोलबाट खेलको १६औं मिनेटमै हिमालयनले अग्रता लिएपनि निरन्तरता दिन नसक्दा पराजय व्यहोर्नुपर्यो ।
हिमालयनका विदेशी खेलाडी आबाको लामो पासमा बीके लामाले हेडमार्फत् गोल गर्न खोज्दा सशस्त्रका गोलरक्षकको हातबाट बल फुत्किएको थियो । फुत्किएको सो बल सशस्त्रका खेलाडी सरोजको खुट्टामा लागेर गोलमा परिणत भएको थियो ।
सशस्त्रको जितमा ४२औँ मिनेटमा हरि कार्की र ८० ३५औँ मिनेटमा युवराज खड्काले गोल गरे ।
सशस्त्रका श्याम नेपाली ‘म्यान अफ द म्याच’ घोषित भए ।
उपाधिका लागि अब सशस्त्रले बुधबार ब्वाइज युनियन क्लबसँग खेल्नेछ ।
प्रतिक्रिया दिनुहोस्