कैलाली, पुस २७ । संकटा क्लब धनगढीमा जारी ‘तेस्रो नेपाल आइस अन्तर्राष्ट्रिय सुदूरपश्चिम खप्तड गोल्डकप’को क्वार्टरफाइनलमा प्रवेश गरको छ ।
शुक्रबार भएको खेलमा गोर्खा ब्वाइज रुपन्देहीलाई २–० ले पराजित गर्दै संकटा अन्तिम आठमा पुगेको हो ।
धनगढी रंगशालामा संकटालाई जिताउनेक्रममा पहिलो हाफको इन्जुरी समयमा रवि सिलवाल र ८३औं मिनेटमा एलोन म्याक्सवेलले एक/एक गोल गरे ।
शनिबारदेखि प्रतियोगिताको क्वार्टरफाइनल चरणका खेलहरु सुरु हुनेछन् ।
पहिलो क्वार्टरफाइनलमा शनिबार सशस्त्र प्रहरीको एपीएफ क्लब र मेची नेत्रालय काँकडभिट्टा ट्रेनिङ सेन्टर आमने–सामने हुनेछन् ।
१२ टोली सहभागी प्रतियोगिताको विजेताले २१ लाख र उपविजेताले १० लाख रुपैयाँ पुरस्कार पाउनेछन् ।








प्रतिक्रिया दिनुहोस्