११ जेष्ठ २०८२, आइतबार | Mon May 26 2025


राष्ट्रपति ट्रम्पले आफ्नो मुलुक विरुद्ध युद्ध छेडेको उत्तर कोरियाको आरोप


0
Shares

उनले प्योङयाङसँग अमेरिकी बम बर्षक विमान खसाल्ने अधिकार रहेको पनि जिकिर गरे ।

उत्तर कोरियाको हवाई क्षेत्रमा नभए पनि अमेरिकी बम वर्षक विमान खसाल्न सकिने उनको भनाई थियो ।

तर ह्वाइट हाउसले भने उत्तर कोरियाको टिप्पणीलाई बकबास भनेको छ भने पेन्टागनले उक्साउने काम रोक्न चेतावनी दिएको छ ।

संयुक्त राष्ट्रसंघका प्रवक्ताले भने दुई मुलुकलाई वार्तामा जोड दिएका छन् ।

यस अघि अमेरिकी राष्ट्रपति ट्रम्पले ट्वीट गर्दै उत्तर कोरियाली नेता किम जोङ उन धेरै दिनसम्म नरहने चेतावनी दिएका थिए ।

उत्तर कोरियाको लगातारको क्षेप्यास्त्र परिक्षण पछि अमेरिका र उत्तर कोरियाबीच वाकयुद्ध चरमस्थितिमा पुगेको छ । (एजेन्सी)