२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


टुँडिखेलमा नेपाली सेनाको फूलपाती बढाइँ (भिडियो)


0
Shares

राष्ट्रपति एवं नेपाली सेनाका परमाधिपति विद्यादेवी भण्डारीको उपस्थितिमा सेनाले फूलपातीको अवसरमा बुधबार बढाइँ गरेको हो ।

राष्ट्रपतिलाई नेपाली सेनाको एक टुकडीले सलामी अर्पण गरेर सुरु भएको बढाइँमा नेपाली सेनाले राइफलबाट छिटो लहरे बढाइँ, बेग्लाबेग्लै पटाका एकठ्ठा बढाइँ र सबै पटाकाले एकठ्ठा बढाइँ गरेको थियो ।

सोही अवसरमा बढाइँ कवाज टोलीले नेपाली सेनाकोे चिह्न षट्कोण तथा राष्ट्रिय झन्डाको आकृति प्रदर्शन गरी लहरे र एकठ्ठा बढाइँ गर्नुका साथै विभिन्न तोपबाट लहरे तथा एकठ्ठा बढाइँ गरेको थियो ।

बढाइँ कार्यक्रमको अन्त्यमा बढाइँ कवाजमा भाग लिने टोलीहरुले मार्चमास कवाज प्रदर्शन गरेका थिए ।

फूलपाती बढाइँमा राष्ट्रपति, कार्यबाहक प्रधानमन्त्री विजयकुमार गच्छदार, कार्यबाहक प्रधानन्यायाधीश दीपकराज जोशी, उपप्रधानमन्त्री, मन्त्रीहरु, संवैधानिक अंगका प्रमुख, नेपाल सरकारका उच्चपदस्थ अधिकारी, सुरक्षा निकायका प्रमुखहरु, नेपालस्थित विदेशी नियोगका सैनिक सहचारीलगायतको उपस्थिति थियो ।

नेपाली सेनाले हरेक वर्ष बडादसैंको सप्तमी अर्थात् फूलपातीको दिन बढाइँ गर्ने गरेको छ ।

नेपाली सेनाको इतिहासमा पृथ्वीनारायण शाहले काठमाडौं उपत्यकामा विजय प्राप्त गरेदेखि फूलपाती बढाइँ गर्ने परम्परा रहेको छ ।

भिडियो हेर्नुहोस्