Logo ३० असार २०८३, मंगलबार | Tue Jul 14 2026


दसैंमा घरजाने हवाईयात्रीको संख्या ह्वात्तै बढ्यो


0
Shares

यसपालिको दसैंमा झन्डै ९७ हजार यात्री हवाईमार्गमार्फत् उपत्यकाबाट बाहिरिएका छन् ।

बढ्दो यात्रीको चापलाई व्यवस्थापन गर्न एअरलाइन्सहरुले उडान संख्या थपेका छन् ।

वायुसेवा सन्चालक संघकाअनुसार गत वर्ष दसैंमा ७० हजार ४३९ यात्रीले घर जान हवाईमार्ग प्रयोग गरेका थिए ।

अधिकांश मानिस दसैंका लागि राजधानीबाट बाहिरिइसकेकाले काठमाडौं उपत्यकामा सुनसान देखिएको छ । बसपार्कहरुमा पनि चहल–पहल निकै कम देखिएको छ ।