
भदौ र असोजमा मात्रै २२ करोड ५० लाख मूल्य बराबरका करिब ३० हजार खसीबोका निर्यात भएको जिल्ला पशुसेवा कार्यालय धनकुटाले जनाएको छ ।
धनकुटामा व्यावसायिक वाख्रापालन गर्नेहरुको संख्या बढेसँगै अघिल्ला वर्षको तुलनामा निर्यातसमेत बढेको हो ।
धनकुटाबाट पूर्वी तराईका मुख्य शहर धरान, ईटहरी, विराटनगर, दमकसहित काठमाडौंसम्म खसिबोका पु¥याउने गरिएको छ ।
जिल्लाका करिब ७५ प्रतिशत किसानले धेरथोर बाख्रा पाल्ने गरेको गरेको जिल्ला पशुसेवा कार्यलय धनकुटाका पशु चिकित्सक झविन्द्र मरासीनीले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्