
काठमाडौं, पुस २६ । सरकारले विश्व सम्पदा सूचीमा सूचीकृत लुम्बिनीभित्रको संरक्षित क्षेत्रमा भएको आगोलागीका विषयमा छानबिन भइरहेको जनाएको छ ।
बिहीबार गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले लुम्बिनीजस्तो संवेदनशील संरक्षित क्षेत्रभित्रै आगोलागी हुनु गम्भीर भएको भन्दै कोही–कसैले आगो लगाएको पाइए कारबाही गर्ने बताए ।
उनले दोषीमाथि क्षतिपूर्ति भरणसमेत गरी कारबाही गर्ने उल्लेख गरे ।
यसका लागि सम्बन्धित निकायमा निर्देशन दिइसकेको जानकारी उनले दिए ।
केही दिनयतादेखि लुम्बिनीको ‘विहार’ क्षेत्रमा भएको आगोलागीका कारण करिब ५०० विगाहा क्षेत्रफल जलेर नस्ट भएको जनाइएको छ ।
आगोलागीबाट त्यहाँका महत्वपूर्ण वनस्पति जलेर नस्ट भएको र सारसलगायतका संरक्षित पक्षीहरुमासमेत नकारात्मक असर पुग्नुका साथै पर्यावरणमासमेत असर पुगेको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्