
दाङ, पुस २६ । पूर्वराष्ट्रपति डा. रामवरण यादवले आफू चिकित्सा क्षेत्रमा फर्कने भनी आएको समाचार गलत भएको बताएका छन् ।
बिहीबार दाङको तुलसीपुर विमानस्थलमा सन्चारकर्मीहरुसित संक्षिप्त कुरा गर्दै उनले आफू पुनः चिकित्सा पेसामा फर्कने समाचार गलत भएको स्पस्ट पारे ।
पूर्वराष्ट्रपति डा. यादवले सरकारी अस्पतालमा काम गर्न मिलेपनि आफू ७७ वर्षको भइसकेको अवस्थामा सक्रियरुपमा चिकित्सा पेसामा फर्कन नसक्ने बताए ।
‘मैले नाफामूलक कुनैपनि अस्पतालमा काम गर्न मिल्दैन’–उनले भने–‘सरकारी अस्पतालमा काम गर्न मिलेपनि ७७ वर्ष भइसकें । त्यसैले म क्रियाशील हुन सक्दिनँ ।’
प्रतिक्रिया दिनुहोस्