
इलाम, पुस २६ । चिकित्सा क्षेत्र सुधारको माग गर्दै प्रा. डा. गोविन्द केसीले इलाममा सुरु गरेको १६औं चरणको सत्याग्रहको समर्थनमा इलाममा महिलाहरुले र्याली निकालेका छन् ।
बिहीबार डा. केसी सत्याग्रह बसेको स्थान इलामको फूलगाछीबाट निस्केको र्यालीले इलामबजार परिक्रमा गरी चोकबजारमा कोणसभामा परिणत भएको थियो ।
‘डाक्टर तिमी एक्लै छैनौं’, ‘डाक्टर केसीको माग पूरा गर’, ‘आइएम वीथ डा. गोविन्द केसी’लगायत नाराहरु लेखिएका प्लेकार्डसहित महिलाहरुले र्याली निकालेका हुन् ।
संसदीय समितिले सहमतिविपरीत राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित गरेको भन्दै डा. केसीले ६ बुँदे मागसहित बुधबारदेखि इलामबाट १६औं चरणको सत्याग्रह सुरु गरेका हुन् ।
प्रतिक्रिया दिनुहोस्