
टेकराज अवस्थी/ईमेज
डडेल्धुरा । डडेल्धुरामा विगत केही दिनदेखि पटकपटक भइरहेका भीषण आगलागीका घटनाले स्थानीयवासी आतंकित बनेका छन् ।
जिल्ला सदरमुकाम अमरगढी नगरपालिकाअन्तर्गतका ५ स्थानमा भएका शृंखलाबद्ध आगलागीका घटनामा नियोजित रुपमै केही समूह सक्रिय भएको शंका गरिएको छ ।
अमरगढीमा गएका केही दिनहरु भएका आगलागीका घटनाले धेरैजना त्रसित बनेका छन् ।
यसै महिनाको १३ , १८ , १९ र २२ गते मुख्यबजार आसपासका ५ स्थानमा भएको आगजनीबाट करोडौंको नोक्सान भएको छ ।
जसले सुरक्षा अवस्थामा चुनौती देखिन थालेको भन्दै स्थानीयवासी आतंकित र त्रासदीपूर्ण बनेका छन् ।
क्षतीग्रस्त दुर्घटनामा आपराधिक समूहको संलग्नता रहेको भन्दै सुरक्षाको माग राखेका छन ।
त्यसमा पनि ब्यापारीहरु अझ बढी सशंकित बनेकाले सुरक्षा निकाय र स्थानीय प्रशासनमा दबाबमूलक ज्ञापन पत्र बुझाएका छन् ।
रहस्यमय रुपमा रहेको आगलागीका घटनाबाट सरकारी तथा निजी कम्पनीहरुको ठूलो क्षति भएकाले जोखिम उठाउन बाध्य भएको स्थानीय व्यापारीको भनाई छ ।
शृंखलाबद्ध रुपमा भएका आगजनीका घटना स्वाभाविक नभएर नियोजित नै भएको कतिपयको बुझाइ छ ।
घटनामा संलग्न भएको हुन सक्ने भन्दै प्रहरीले एकजनालाई पक्राउ गरेर अनुसन्धान समेत गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस्