
घलेगाउँ, भुजुङ, पसगाउँ, भोजे, घनपोखरा क्षेत्रमा लगाइएको चियाबारीले आन्तरिक पर्यटक पनि आकर्षित गरिरहेको छ ।
विश्वमै उत्कृष्ट चिया उत्पादन गर्ने पूर्वी नेपालको सिको गर्दै लमजुङमा चिया खेती थालिएको हो ।
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना ईलाका संरक्षण क्षेत्र आयोजना (एक्याप) भुजुङको पहलमा २०५५ सालदेखि चिया खेती शुरुवात गरिएको हो ।
एक्याप क्षेत्रभित्र भुजुङमा २ सय ५० रोपनी, पसगाउँमा एकसय र घलेगाउँमा ७० गरी एक्यापको अगुवाईमा हालसम्म ४ सय २० रोपनी क्षेत्रफलमा चिया खेती गरिँदै आएको छ ।
एक्यापभित्र पर्ने घलेगाउँमा जिल्ला भू–संरक्षण कार्यालयको सहयोगमा समेत चियाखेती विस्तार गरिएको छ ।
समुद्री सतहदेखि झण्डै १ हजार ७ सय मीटरको उचाइ र सोही हाराहारीमा भुजुङ, घलेगाउँ र पसगाउँको चियाले ग्रामीण भेगमा पुग्ने आन्तरिक र वाह्य पर्यटकलाई आकर्षित गरेको क्लोलासोँथर गाउँपालिकाका अध्यक्ष प्रेम घलेले बताए ।
चिया खेती हेर्नकै लागि दार्जिलिङ, इलाम र झापा लगायतका ठाउँमा जान नपर्ने पनि उनले बताए ।
हिमालकै काखमुनीको चियाबारीमा रमाउन सार्क राष्ट्रकै नमुना ग्रामीण पर्यटकीय घलेगाउँ र भुजुङ पुगे हुने भएको हो ।
पछिल्लो समय यहाँ पुग्ने विद्यार्थी, आन्तरिक तथा बाह्य पर्यटकको प्रमुख गन्तब्य स्थल चियाबारी बन्ने गरेको छ ।
राम्रो प्रशोधन हुन नसक्दा उत्पादित चिया कोसेलीका रुपमा सदरमुकाम बेसीशहर, पोखरा, चितवन, काठमाडौंदेखि विदेशी मुलुकमा रहेका आफन्तजनलाई पठाउने गरेको स्थानीय बताउँछन् ।
प्रतिक्रिया दिनुहोस्