
कपिलबस्तु । राष्ट्रिय परिचयपत्रको विवरण संकलनका लागी देशैभर १ हजार स्थायी विवरण संकलन केन्द्र सञ्चालन गरिने भएको छ ।
तथ्याङ्क संकलनका लागी देशैभर १ हजार स्थायी विवरण संकलन केन्द्र सञ्चालन गर्ने तयारी रहेको राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागका महानिर्देशक दिपक काफ्लेले जानकारी दिएका छन् ।
कपिलवस्तुको तौलिहवामा प्रदेशसभा सदस्य, स्थानीय तहका पदाधिकारी तथा सुरक्षा निकायका प्रतिनिधीका लागि आयोजित राष्ट्रिय परिचयपत्र सम्बन्धि अन्र्तक्रियामा काफ्लेले सो जानकारी दिएका हुन् ।
७ सय ५३ स्थानीय तह तथा ७७ जिल्लामा १÷१ वटा र बाँकी ठाउँमा आवश्यकताअनुरुप विवरण संकलन केन्द्र स्थापना गर्ने बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्