३० श्रावण २०८२, शुक्रबार | Fri Aug 15 2025


नेपाल–फ्रान्स दौत्य सम्बन्धको ७० वर्ष, मिस नेपाल शृंखला सद्भावनादूत नियुक्त


0
Shares

काठमाडौं, पुस २५ । नेपाल र फ्रान्सबीचको दौत्य सम्बन्ध ७० वर्ष पुगेको अवसरमा मिस नेपाल शृंखला खतिवडालाई सद्भावनादूत नियुक्त गरिएको छ ।

बुधबार परराष्ट्र मन्त्रालयमा आयोजित कार्यक्रममा फ्रान्सको युरोप तथा विदेश मन्त्रालयका सचिव मोरिस गुर्दो मोन्तान र पराराष्ट्रसचिव शंकरदास बैरागीले खतिवडालाई सद्भावनादूतको पत्र हस्तान्तरण गरेका हुन् ।

सो अवसरमा १४ वर्षीय आयुष कुँवरले तयार पारेको लोगोसमेत सार्वजनिक गरिएको थियो ।

दुवै देशले संयुक्तरुपमा वर्षभरि नै विभिन्न कार्यक्रम आयोजना गर्नेछन् ।