काठमाडौं, पुस २५ । नेपाली युवा क्रिकेट खेलाडी सन्दीप लामिछाने बंगलादेश प्रिमियर लिग (बीपीएल) टी–२० क्रिकेटको दोस्रो खेलमा विकेटविहीन भएका छन् ।
सिलेट सिक्सर्सबाट बीपीएल खेलिरहेका सन्दीपले बुधबार चट्गाउँ भाइकिंग्सविरुद्धको खेलमा ४ ओभर बलिङ गर्दै २१ रन खर्चिएर विकेटविहीन बनेका हुन् ।
पछिल्ला सात खेलपछि सन्दीप विकेटविहीन भएका हुन् ।
सन्दीपले अष्ट्रेलियामा बीगबास क्रिकेटमा खेलेका सबै खेलमा तथा बीपीएलको पहिलो खेलमा पनि विकेट लिएका थिए ।
सन्दीपले विकेट नलिएपनि उनको टिम भने ५ रनले विजयी भएको छ ।
कप्तान डेभिड वार्नरको ५९ तथा निकोलस पुरनको अविजित ५२ रनको मद्दतले सिक्सर्सले १६८ रन बनाएकामा भाइकिंग्सले ७ विकेटको क्षतिमा १६३ रनमात्र जोड्न सक्यो ।
सिक्सर्सका तस्किन अहमदले सर्वाधिक ४ विकेट लिए ।








प्रतिक्रिया दिनुहोस्