
आकांक्षीजति सबैको नाम केन्द्रमा जिम्मा लगाएपछि धेरै बहसहरु पनि भए । कतिपयले एक–अर्कालाई असहयोग गर्ने र अन्तर्घातसम्मको वातावरणसमेत सिर्जना भयो । फलस्वरुपः कांग्रेस नराम्ररी हार्न पुग्यो ।
त्यही नियति फेरिपनि देखिँदैछ । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि ९ जना उम्मेदवार छान्न क्षेत्रबाट १५७ जनाको नाम जिल्लामा सिफारिस भयो । जिल्लामा जम्मा भएका सबै नामलिष्ट सभापति कृष्ण केसीले केन्द्रमा बुझाए ।
यसले स्थानीय तहकै नियति दोहोरिनसक्ने शंका कार्यकर्तासँग छ । तर, केन्द्रीय निर्देशनअनुसार नै क्षेत्रको सिफारिस सोझै केन्द्रमा पठाएको सभापति केसीले बताए ।
‘क्षेत्रको सिफारिस जस्ताको तस्तै बुझाउनु भन्ने निर्देशन थियो । हामीले त्यसै गर्यौं’–उनले भने–‘यो हाम्रो कमजोरी होइन । निर्देशन मानेका हौं ।’
कांग्रेस कास्की सभापति केसी आफैं क्षेत्र नम्बर–१ अन्तर्गत् प्रदेश ‘ख’मा प्रत्यक्षतर्फका आकांक्षी उम्मेदवार हुन् ।
आफैं टिकट हात पार्न दौडधुप गरिरहेका केसीले १५० जनाभन्दा बढीको नाम केन्द्रको जिम्मा लगाएका छन् ।
निर्वाचन नजिकिँदै जाँदा उनीजस्तै संघीय संसद र प्रदेश निर्वाचनमा टिकट हात पार्न नेताहरुले कसरत गरिरहेका छन् ।
स्थानीय तहको निर्वाचनमा पोखरा महानगरपालिकाको मेयरमा ३३ जनाको नाम केन्द्रलाई सिफारिस हुँदा बढी अन्तर्घात भएको आरोप कांग्रेस जिल्ला समितिलाई थियो ।
फेरि संघीय संसद र प्रदेश निर्वाचनमा १५७ जनाबाट टिकट दिने जिम्मा पार्टीको केन्द्रीय कमिटीलाई दिँदा त्यही नियति दोहोरिने त होइन ? भन्ने आशंका कार्यकर्तामा उब्जिएको छ ।
उता, नेकपा एमाले, माओवादी केन्द्र र नयाँ शक्ति पार्टी नेपालबीच मंगलबार चुनावी तालमेल र पार्टी एकतासम्म गर्ने घोषणा हुनुअघिदेखि नै एमालेले उम्मेदवार सिफारिस थालेको थियो ।
प्रतिनिधिसभाका लागि कास्की क्षेत्र नम्बर–१ बाट सर्वसम्मत भएपनि धेरैजसो क्षेत्रमा कास्की एमालेले मतदान गरेर उम्मेदवारको नाम सिफारिस गरेको हो ।
निर्वाचन क्षेत्र नम्बर–१ बाट केन्द्रीय सल्लाहकार परिषद्का उपाध्यक्ष तथा पूर्वस्वास्थ्यमन्त्री खगराज अधिकारीको नाम सर्वसम्मत् सिफारिस गरेको छ ।
एमाले संगठन कमिटी कास्कीको बैठकमा प्रतिनिधिसभाका लागि प्रत्यासीहरु पदमप्रसाद पौडेल र पुष्पज्योति ढुंगानाले उम्मेदवारी फिर्ता लिएपछि नेता अधिकारी सर्वसम्मत् भएका हुन् ।
अधिकारीको नाम सिफारिस भएको क्षेत्र नम्बर–१ मै संविधानसभाको पहिलो निर्वाचनमा माओवादीबाट निर्वाचित देव गुरुङको नाम सिफारिस हुनसक्ने चर्चा तीन पार्टीको चुनावी चालमेलसँगै सुरु भएको छ ।
यस्तै, निर्वाचन क्षेत्र नम्बर–१ अन्तर्गत् प्रदेशसभा ‘क’मा प्रत्यक्षतर्फ महिलाबाट सरीता कुमाल सर्वसम्मत् भएकी छन् भने खुलातर्फ शारदा सुवेदी, विजयबाबु वनवासी, टीकाराम पंगेनी र दिलीप न्यौपानेको नाम सिफारिस भएको छ ।
क्षेत्र नम्बर–१ कै प्रदेशसभा ‘ख’मा खुलातर्फ श्रीनाथ बराल, मनबहादुर गुरुङ, शिवबहादुर बराल, वसन्त बराल, प्रकाश सिग्देल, लोकबहादुर कार्की, बैनबहादुर गुरुङ, रोमबहादुर कार्की र पदमबहादुर कार्कीको उम्मेदवारी परेको छ भने महिलामा दाबेदारी नै परेन ।
क्षेत्र नम्बर–२ मा व्यवस्थापिका–संसदको विकास समितिका सभापति रवीन्द्र अधिकारी सर्वसम्मत् उम्मेदवार सिफारिस भएका छन् ।
क्षेत्र नम्बर–२ अन्तर्गत् प्रदेशसभा ‘क’मा खुलातर्फ कृष्ण थापा, तुलबहादुर गुरुङ, तेजनारायण अधिकारी, धनराज आचार्य, भीम कार्की, चेतबहादुर गुरुङ, विष्णु गिरीको दाबेदारी छ भने महिलामा हीरा गिरी सर्वसम्मत् सिफासिमा परेकी छन् ।
एमालेबाट क्षेत्र नम्बर–२ कै प्रदेशसभा ‘ख’मा खुलातर्फ मदनकाजी श्रेष्ठ, दानबहादुर बानिया, सञ्जीव कोइराला र ऋषिराम गौतमको दाबेदारी छ भने महिलामा प्रभा कोइराला सर्वसम्मत् सिफारिसमा परिन् ।
निर्वाचन क्षेत्र नम्बर–३ मा एमाले संगठन कमिटी कास्कीले खुलातर्फ दुईजनाको नाम सिफारिस गरे पनि महिलातर्फ भने मतदानबाट टुंग्याएको छ ।
कमिटीले खुलातर्फ पोलिटब्युरो सदस्य तथा प्रदेश संगठन कमिटीका सचिव जगत विश्वकर्मा, जिल्ला कमिटी कास्कीका सचिवालय सदस्य तथा माछापुछ्रे गाउँपालिकाका संयोजक जगन्नाथ बास्तोलाको नाम सिफारिस गरेको जिल्ला कमिटी कास्कीका उपाध्यक्ष तथा संयोजक मनबहादुर गुरुङले जानकारी दिए ।
महिलातर्फ भएको चुनावमा जिल्ला कमिटी सदस्य उमा कोइराला विजयी भएकी छन् । पार्टीका केन्द्रीय सदस्य तथा सांसद सीता गिरी भने पराजित भएकी छन् । कुल ८९ मतदातामध्ये ७७ मत खसेकोमा कोइरालाले ५५ मत र गिरीले २० मत पाएकी थिइन् ।
गिरीले सिफारिसप्रति आपत्ति जनाएकी छन् । गिरीले आफूलाई नियोजितरुपमा सिफारिसमा नपार्न महिलाकोबीचमामात्र चुनाव गराइएको आरोप लगाइन् ।
पार्टीको स्थायी समितिले सर्वसम्मत् भए एकजनाको नाम र सर्वसम्मत् नभए खुलातर्फ दुई र अनिवार्यरुपमा एक महिलाको नाम सिफारिस गर्न निर्देशन गरेको थियो ।
क्षेत्रीय संगठन कमिटी, गाउँपालिकाका सचिवालय सदस्य, नगर विशेष इलाकाका अध्यक्ष र महानगरका वडा कमिटीका अध्यक्षहरुले मतदान गर्न पाउने व्यवस्था छ ।
निर्वाचन क्षेत्र नम्बर–३ अन्तर्गत् प्रदेशसभा ‘क’मा प्रत्यक्षतर्फ दलबहादुर गुरुङ, नारायण बास्तोला र सरस्वती अधिकारीको नाम सिफारिस भएको छ ।
क्षेत्र नम्बर–३ कै प्रदेशसभाको प्रत्यक्षतर्फको ‘ख’मा खुलातर्फ निर्वाचन प्रक्रियाबाट उम्मेदवारी टुंग्याएको जिल्ला कमिटी कास्कीका सदस्य तथा क्षेत्रीय कमिटी संयोजक दामबहादुर विकले जानकारी दिए ।
महिलातर्फ भने देवका पहारी त्रिपाठी सर्वसम्मत् भएकी छन् । खुलातर्फ ६ जनाको उम्मेदवारी परेकोमा जिल्ला कमिटी कास्कीका सचिव दामोदर वैरागी र युवा संघ नेपालका अध्यक्ष राजीव पहारी निर्वाचित भएका छन् । १३ जनाले मतदान गरेकोमा पहारीले १० मत प्राप्त गरेका थिए भने वैरागीले ६ मत प्राप्त गरेका थिए ।
मातहतका कमिटीले गरेको सिफारिसहरुलाई जिल्ला कमिटी कास्कीले आवश्यक ठानेमा कारणसहित थप व्यक्तिको नामसमेत सिफारिस गर्नसक्ने जिल्ला कमिटी कास्कीका सचिवालय सदस्य तथा प्रचार विभाग प्रमुख तेजनारायण अधिकारीले जानकारी दिए ।
एमाले, माओवादी केन्द्र र नयाँ शक्ति गरी तीन पार्टीको चुनावी एकता भएपनि माओवादी केन्द्रको तर्फबाट पनि उम्मेदवारहरुको नाम सिफारिस एक/दुई दिनभित्र गरिसक्ने बताइएको छ ।
माओवादी केन्द्रले क्षेत्र नम्बर–२ बाट राजकाजी गुरुङ, ३ बाट रामजी बरालको नाम सिफारिस गर्ने स्रोतको दाबी छ ।
कास्की कांग्रेसबाट सिफारिस उम्मेदवारको सूची
संघीय संसद क्षेत्र नम्बर–१ (प्रत्यक्ष)
तारानाथ रानाभाट
क्या.फत्तबहादुर गुरुङ
गुरु बराल
तीलक रानाभाट
कृष्ण कार्की
जीवन परियार
यज्ञबहादुर थापा
समानुपातिक
संघीय पोखरेल पौडेल
गौरी सापकोटा
सरस्वती गुरुङ
परशुराम बि पोखरेल
पद्मशरण रेग्मी
तारा अधिकारी
हेमबहादुर गुरुङ
क्षेत्र नम्बर-१ प्रदेश ‘क’ प्रत्यक्ष
सुदीपमोहन भट्टराई
प्रेमकुमार श्रेष्ठ
पुष्पमणि भण्डारी
लालकृष्ण शर्मा भट्टराई
ठाकुरप्रसाद कँडेल
नन्दप्रसाद तिवारी
देवेन्द्र रानाभाट
रामबाबु भण्डारी
कोपिला रानाभाट
विन्दुकुमारी भण्डारी
कमलनाथ कुँवर
सुरेन्द्रराज अधिकारी
टेकनाथ घिमिरे
राजेन्द्रमणि लामिछाने
दुर्गाराज रेग्मी
गिरिराज गौतम
रामबहादुर केसी
कुमार सुनार
वुद्धिमान गुरुङ
नगेनसिंह ठकुरी
भरतराज तिवारी
नारायणकुमार श्रेष्ठ
मुरारी कोइराला
प्रदेश ‘क’ समानुपातिक
सुरजजंग राणा
करिम मियाँ
डिल्लीराम तिवारी
अप्सरा श्रेष्ठ
चन्द्रावती पौडेल
खलिल मियाँ
शर्मिला काफ्ले सुवेदी
अजिमबक्स मियाँ
खेम गुरुङ
क्षेत्र–१ को प्रदेश ‘ख’ प्रत्यक्ष
किशोरदत्त बराल
कृष्ण केसी
नवीन सिग्देल
माया बराल
दीपेन्द्रराज ढकाल
क्षेत्र नम्बर–१ प्रदेश समानुपातिक
अनिता तिमिल्सिना
आनन्दी राना कार्की
मायादेवी तझ्या
कृष्णप्रसाद कोइराला
विश्व घिमिरे
चिनु रानाभाट
सराफत अलिमियाँ
रसकुमारी गुरुङ
नवीन सापकोटा
वृजमान गुरुङ
संघीय संसद क्षेत्र नम्बर-२ प्रत्यक्ष
सोभियतबहादुर अधिकारी
ऋषिराम काफ्ले
देवराज चालिसे
युवराज लामिछाने ‘युवक’
डा. परमेश्वर पोखरेल
गुरु बराल
समानुपातिक
रजनी केसी
शकुन्तला कोइराला
प्रा. डा. रामचन्द्र पोखरेल
खेमकुमारी बराल
वृन्दादेवी आले
गंगाबहादुर खत्री
पदमसिंह गुरुङ
क्षेत्र नम्बर–२ प्रदेश ‘क’ प्रत्यक्ष
विजयराज आचार्य
रंगिला आचार्य
नम्रता बराल
केशरप्रसाद निर्दोषी
मीनबहादुर गिरी
आशिष गुरुङ
समानुपातिक
तोयाबहादुर भट्टराई
मुक्तिबहादृुर केसी
शोभाचन्द्र बराल
प्रेमलाल पुन
प्रेमबहादुर परियार
मीनबहादुर सार्की
क्षेत्र नम्बर–२ को प्रदेश ‘ख’ प्रत्यक्ष
माधवप्रसाद बास्तोला
मुकुन्दप्रसाद बास्तोला
विन्दुकुमार थापा
सुनयाना पालिखे
वीरेन्द्ररानायण बिजुक्क्षे
निर्मलप्रसाद कर्माचार्य
नरेशशंकर पालिखे
भीम गौतम
राजेन्द्रनिधि कोइराला
कुमारी मुना बास्तोला
समानुपातिक
ऋषिराम सापकोटा
इन्द्रबहादुर कुँवर
शारदा गिरी
विष्णुप्रसाद बास्तोला
हारुन खान
राजेन्द्रबहादुर कोइराला
चन्द्रप्रकाश थापामगर
दीपक बास्तोला
विष्णुमाया परियार
संघीय संसद क्षेत्र–३ प्रत्यक्ष
शुक्रराज शर्मा
महादेव गुरुङ
शारदा पौडेल
खेमराज पौडेल
बाबुराम आचार्य
पोषनाथ शर्मा
दीपक गुरुङ
भरतजंग गुरुङ
प्रतिनिधिसभा समानुपातिक
भोला थापा
सुरेन्द्र भारी
कृष्णकुमारी परियार
रामप्रसाद अधिकारी
मनबहादुर विक
गौमति थापामगर
क्षेत्र नम्बर–३ प्रदेशसभा ‘क’ प्रत्यक्षतर्फ
रामचन्द्र त्रिपाठी
खिमलाल बास्तोला
हरिमाया गुरुङ
विष्णुबहादुर क्षेत्री
अम्बरबहादुर कार्की
शंकर ढुंगाना
भीमबहादुर गुरुङ
अमृत श्रेष्ठ
समानुपातिक
लक्ष्मी पाण्डे
आनन्दराज मुल्मी
विजय वजिमय (अपांग)
पुष्पेन्द्र पाण्डे
मनबहादुर विक
खम्बासिंह गुरुङ
सुरेन्द्रमान बिजुक्छे
सीता गुरुङ
सोनु गुरुङ
विजयाचञ्चला रेग्मी
लोक घले
सीता अधिकारी
टेकनशोभा गुरुङ
महेन्द्र पुन
दीपकराज पौडेल
मीना पाण्डे
मीना गुरुङ
क्षेत्र नम्बर–३ प्रदेशसभा ‘ख’ प्रत्यक्षतर्फ
आइबहादुर गुरुङ
देवेन्द्रकुमार शेरचन
मनोज गुरुङ
भोजबहादुर गुरुङ
दुर्गाप्रसाद तिमिल्सिना
गंगा केसी
यशराज पराजुली
राजबहादुर गुरुङ
प्रकाश बराल
मनपति भण्डारी
समानुपातिक
रामजी कुँवर
भीम राना
दुर्गाबहादुर सुनार
मुक्तिराम अधिकारी
प्रतिक्रिया दिनुहोस्