Logo १ श्रावण २०८३, शुक्रबार | Fri Jul 17 2026


बाग्लुङ आगलागीमा परी तीन जना बालबालिकाको मृत्युु


0
Shares

बाग्लुङ । बाग्लुङको ताराखोला गाउँपालिकामा भएको आगलागीमा परी ३ जना बालबालिकाको मृत्युु भएको छ ।

ताराखोला गाउँपालिका–४ मा आगो ताप्ने क्रममा यामबहादुर खत्रीको दुई तले खरको गोठमा आगलागी हुँदा बालबालिकाको मृत्यु भएको हो ।

आगलागीमा स्थानीय रूद्रबहादुर रोकाका ६ वर्षीय छोरा रतिश रोका, डिलबहादुर घर्तीको ६ वर्षीय छोरी ऋतु रोका र ४ वर्षीय छोरा आयुष रोकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाग्लुङले जनाएको छ ।

हिजो दिउँसो ४ बजेदेखि लागेको आगो इलाका प्रहरी कार्यालय ताराखोलाबाट गएको प्रहरी टोलीले बेलुका साढे ७ बजे नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।