Logo १९ चैत्र २०८२, बिहिबार | Thu Apr 2 2026


च्याम्पियन मनाङ फ्रेन्ड्ससित पराजित


0
Shares

काठमाडौं, पुस २४ । यो वर्षको ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिता सकिएको छ ।

अन्तिम खेलमा मंगलबार उपाधि विजेता मनाङ–मर्स्याङ्दी क्लबले फ्रेन्ड्स क्लबलाई ३ अंक बुझाएसँगै खेल सकिएको हो ।

यसअघिका खेलसम्म शतप्रतिशत नतिजा ल्याएको मनाङ अन्तिम खेलमा भने फ्रेन्ड्ससित १–० ले पराजित भयो ।

इन्जुरी समयको अन्तिम मिनेटमा फ्रेन्ड्सका विकास लामाले गोल गर्दैै मनाङको शतप्रतिशत नतिजामा पूर्णविराम लगाएका हुन् ।

एन्फा कम्प्लेक्सको मैदान सातदोबाटोमा मनाङले गोल गर्ने एक दर्जनभन्दा बढी अवसर खेरफालेपछि हारको सामना गर्नुपर्‍यो ।

यसअघि नै उपाधि सुरक्षित गरेको मनाङले आठौंपटक उपाधि उचालेको छ । संकटा क्लब उपविजेता भएको छ भने थ्रीस्टार क्लब तेस्रो भएको छ ।

त्रिभुवन आर्मी क्लब चौथो, सशस्त्र प्रहरी पाँचौं तथा नेपाल पुलिस क्लब छैटौं भयो ।

एनआरटी पुछारमा

त्यस्तै, मंगलबारको अन्तिम खेलमा ब्रिगेड ब्वाइज क्लब (बीबीसी)सित गोलरहित बराबरी खेलेपछि चारपटकको च्याम्पियन न्यूरोड टिम (एनआरटी)ले पुछारमा रहेर लिग सकाएको छ । मच्छिन्द्र क्लब पुछारबाट दोस्रो भयो ।

लिग विजेताले ५० लाख, उपविजेताले ३५ लाख, तेस्रो हुनेले २५ लाख, चौथोले १५ लाख, पाँचौंले ७ लाख तथा छैटौं हुने टिमले ५ लाख रुपैयाँ जितेको छ ।