
मखमली फूल छिटो नसुक्ने भएकाले किसान अहिल्यैदेखि माला बनाउन कस्सिएका हुन् ।
मखमली फुलको खेती गरेका भक्तपुरका किसानको यो वर्षको तिहारको लागि मखमली फुलको माला बनाउन व्यस्त छन् ।
भक्तपुरको चाँगुनारायण र सूर्यविनायक नगरपालिकाका धेरै किसानहरुले एक रोपनी देखी पाचँ रोपनी सम्म जग्गा मखमली, सयपत्री लगाएतका फुलहरु लगाएका छन ।
तिहारमा फुलको धेरै माग हुने भन्दै कतिपय किसानहरुले जग्गा भाडामा लिएर पनि फूल खेती गरेका छन् । आधा रोपनी जग्गामा मखमली फूलको दुई हजार बराबर माला तयार हुने गरेको किसानहरु बताउछन् ।
माला किन्न व्यापारीहरु अहिले देखिनै किसानको घरमा जान थालेका छन् । यो वर्ष घरबाट नै व्यापारीहरुलाई प्रति माला २० देखि २५ रुपैयाँमा मखमली फुलको माला विक्री गरेको किसानहरु बताउछन् ।
तिहारको समयमा मखमली फूलको एउटा मालाको मुल्य बिस देखि चालिस सम्म र सयपत्री फूलको माला दुइ सयसम्म पर्ने गरेको छ ।
भक्तपुरको जिल्लामा चाँगुनारायण नगरपालिको ६ र ९ तथा सूर्यविनायक नगरपालिकाको वडा नम्बर ७ मा व्यवसायीक मखमली फुलको खेती हुदैं आएको छ ।
तिहारको समयमा बजारमा सयपत्री र मखमली फूलहरुको माग बढ्ने भएकाले सम्बन्धीत निकायले यसरी व्यवसायीक फुलखेती गरेका किसानहरुलाई प्राविधिक ज्ञान, सिप र तालीमको व्यवस्था गर्ने हो भने नेपाल फुलमा आत्मनिर्भर हुने देखिन्छ ।
भक्तपुरमा किसानले वार्षीक दुई करोड भन्दा बढिको फूलको विक्री गर्दै आइहेका छन् ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
प्रतिक्रिया दिनुहोस्