२८ असार २०८२, शनिबार | Sun Jul 13 2025


त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चार उपकरणमा खराबी, उडान प्रभावित


0
Shares

काठमाडौं, पुस २४ । काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चार उपकरणमा खराबी आएपछि उडान प्रभावित भएको छ ।

भीसीसीएस भनिने उपकरणको एरिया र एप्रोचमा समस्या आएकाले उडान केही समयका लागि रोकिएको विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले जानकारी दिए ।

विमान अवतरणमा भने कुनै समस्या नरहेको उनले बताए ।

विमानस्थल कार्यालयले अहिले भीसीसीएस परिवर्तन गर्ने काम गरिरहेको छ । केहीबेरमै उडान सुचारु हुने बताइएको छ ।