काठमाडौं । नेकपा (एमाले) का सांसद ठाकुर गैरले पुराना पुस्तकालयहरुको संरक्षण र नयाँ पुस्तकालय खोल्नका लागि आवश्यक कानूनी व्यवस्था गर्न सरकारसँग माग गर्नुभएको छ । मंगलबार प्रतिनिधिसभा बैठकमा शून्य समयमा बोल्दै उहाँले कानूनको अभावमा पुस्तकालयहरुले समस्या भोगिरहनु परेको उल्लेख गर्दै त्यसको उचित व्यवस्थापनका लागि तत्काल आवश्यक कानून बनाउन सरकारसँग माग गर्नुभएको हो । सांसद गैरले…