२५ जेष्ठ २०८२, आइतबार | Sun Jun 8 2025


समानुपातिकबाट कुल दलको कति महिला सांसदको सम्भावना ?


0
Shares

तर, प्रत्यक्षतर्फबाट चुनिएर आउने महिला सांसदको संख्या न्यून भएपछि अब समानुपातिक पद्दतिबाट उक्त संख्या पुर्‍याउनुपर्ने भएको छ ।

भूगोलबाट प्रत्यक्ष चुनिएर आउने महिला सांसदको संख्या कम भएपछि अब दलहरुले समानुपातिकबाटै महिलाको संख्या बढाउनुपर्ने भएको हो ।

अझ प्रत्यक्षतर्फ बढी सिट जितेका नेकपा एमाले र माओवादी केन्द्रजस्ता दलले त लगभग आफ्नो भागमा पर्ने सबैजसो सिटमा महिला पठाउनुपर्ने देखिएको छ ।

प्रत्यक्षतर्फ दुवै चरणको निर्वाचनबाट जम्मा ६ जनामात्र महिलाले चुनाव जितेका छन् । जसमा एमालेका तर्फबाट दुईजना पवित्रा निरौला खरेल र पद्यमा अर्याल विजयी बन्दा माओवादी केन्द्रबाट पम्फा भुसाल, कमला रोक्का र बिना मगर तीनजनाले चुनाव जितेका छन् । यस्तै, राष्ट्रिय जनमोर्चाका दुर्गा पौडेलले जितेकी हुन् ।

नेपाली कांग्रेस र अरु दलका तर्फबाट भने एकजना महिला पनि निर्वाचित हुन सकेनन् ।

प्रत्यक्षतर्फ ८० सिट जितेको एमालेले केहीगरी समानुपातिकमा ४५ सिट पाउने मत ल्यायो भने उसको जम्मा सांसद १२६ हुनेछ । त्यसको ३३ प्रतिशत संख्या ४२ हुनेछ । प्रत्यक्षमा दुईजनामात्र विजयी भएकाले अरु ४० जना महिला चुन्नुपर्ने देखिन्छ । यस्तोमा एमालेमा समानुपातिकमा सांसद बन्ने पुरुषको संख्या कम हुने देखिन्छ ।

उता, प्रत्यक्षतर्फ ३६ सिट जितेको माओवादी केन्द्रको अवस्था पनि एमालेकोभन्दा भिन्न छैन ।

माओवादीले समानुपातिकमा केहीगरी १८ सिट पायो भने कुल सांसद ५१ सिट हुनेछ । त्यसको ३३ प्रतिशत १८ हुन आउनेछ । जसमा अहिले तीनजना प्रत्यक्षबाट चुनिएकाले १५ जना महिला समानुपातिकबाट आउने र पुरुषको भागमा रहनेछ, तीन सिट ।

यता, प्रत्यक्षमा २३ सिट जितेको नेपाली कांग्रेसले समानुपातिकबाट ४२ सिट पायो भने जम्मा सांसद ६५ हुनेछ र त्यसको ३३ प्रतिशत अर्थात् २२ महिलाले प्रवेश पाउनेछन् ।

प्रत्यक्षमा एक महिलाले पनि नजितेकाले कांग्रेसले २२ महिलालाई समानुपातिकबाट पठाउनुपर्ने हुनसक्छ । यस्तोमा कांग्रेसबाट भने आधाआधी पुरुष सांसदलाई पनि समानुपातिकमा पठाउन सक्नेछ ।

प्रत्यक्षमा १० सिट जितेको संघीय समाजवादी फोरम नेपाल र ११ सिट जितेको राजपा नेपालले भने ३३ प्रतिशत महिलाको सहभागिता पुर्‍याउन समानुपातिकमा जितेको सबै सिटमा महिलालाई पठाउनुपर्ने देखिन्छ ।

अरु दलले भने अहिलेको मत हेर्दा ‘थ्रेसहोल्ड’ नै कटाउन मुस्किल हुने देखिएको छ ।

भिडियो हेर्नुहोस्