
राष्ट्रपतिको यो निर्णयपछि राजधानी लिमामा विरोध प्रदर्शन भएको छ । प्रदर्शनका क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ ।
२५ वर्ष शासन गरेका फुजीमोरीले मानवअघिकार उल्लंघन र भ्रष्टाचार गरेको ठहर भएको थियो । उनले २५ वर्षको जेल सजाय काटिरहेका थिए । गत शनिवारमात्र अस्वस्थ भएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो ।
राष्ट्रपति पाब्लोले गतहप्ता आफूमाथिको महाअभियोग रोक्न फुजीमोरीलाई क्षमादान नदिने गरी आफ्नै पार्टीमा सहमति गरेका थिए । ७९ वर्षीय फुजीमोरी सन् २००७ मा सत्ताको दुरुपयोग गरेको आरोपमा ६ वर्षको जेल सजाय पाएका थिए ।
त्यस्तै, सन् २००९ मा पुनःमानवअधिकार हनन्को आभियोगमा उनलाई २५ वर्षको जेल सजाय तोकिएको थियो । एजेन्सी
प्रतिक्रिया दिनुहोस्