Logo ४ कार्तिक २०८३, बुधबार | Wed Oct 21 2026


नायिका रेखा थापा ‘छोरीहरुलाई हौसला जगाउने’ महाअभियानमा


0
Shares

छोरीहरुको अस्तित्व संकटमा परेको भन्दै उनी ‘रिल’मा मात्र नभई रियल लाइफमै नारी सशक्तिकरणका लागि उत्रिएकी हुन ।

वालविवाह विरुद्धको अभियान लिएर दौडाहामा निस्किएकी रेखाले महिलाहरुले गर्भमा हुँदादेखि नै विभेद सहनुपर्ने भन्दै यसको अन्त्य गर्नुपर्नेमा जोड दिएकी छिन् ।

‘छोरीका निम्ती स्वर्णिम नेपाल’ले आयोजना गरेको कार्यक्रममा पश्चिम र सुदुरपश्चिमका जिल्लामा रहेकी रेखाले सुर्खेत, नेपालगन्जलगायतका स्थानमा पुगेर भनिन, ‘छोरीहरु पनि छोराहरुभन्दा कम हुँदैनन्’, जे जति काम छोराहरुले गर्न सक्छन्, छोरीहरुले पनि गर्न सक्छन् ।’

rekha2

‘अब हरेक छोरीले हिम्मत गर्नुपर्छ, आफूलाई कमजोर बनाउनु हुँदैन’, रेखाले भनिन्, ‘अबको पुस्ताले छोरीहरु कमजोर हुन्छन् भन्ने परम्परागत सोच र मान्यतालाई चिर्नुपर्नेछ ।’

आफूले पनि हिम्मत गरेरै सफलता पाएको बताउँदै रेखाले आफूप्रति दृढ विश्वास राखेर निडरताका साथ आफूले चाहेको हरेक काममा अघि बढ्न उत्प्रेरित गरिन् ।

बालविवाहले छोरीहरुलाई पछि पारेको रेखाको भनाइ थियो । उनले बालविवाह गर्नै नहुने भन्दै नेपाललाई बालविवाहमुक्त देश बनाउन सबैले आ–आफ्नो स्थानबाट सहयोग गर्न अपिल गरिन् ।

उनले अघि थपिन,‘२० वर्ष पुरा नभई विवाह गर्नु हुँदैन, अध्ययन गर्नुपर्छ, त्यो केटीले होस या केटाले तर पुरुषहरु कामको सिलसिलामा अन्यत्र जाने हुनाले त्यसको पुरै दोस र जिम्मा कुमारी आमाले वहन गर्नुपर्ने वाध्यता हुन्छ, त्यसैले केटा भन्दा पनि केटीले आफ्नो उमेर २० वर्ष नभएसम्म बिवाह गर्नु हुँदैन, यस्ता गैर जिम्मेवार र जीवन नै धरापमा पार्ने खालका क्रियाकलापलाई निरुत्साहित पार्नको लागि दाईभाईले सहयोग गर्नुपर्छ ।’

rekha5

Skip This