चीनसम्म जोडने तमोर करिडोर निर्माण धमाधम, पूर्वी पहाडबाट तराई झर्न सजिलो (भिडियो) • Image Khabar Image Khabar


चीनसम्म जोडने तमोर करिडोर निर्माण धमाधम, पूर्वी पहाडबाट तराई झर्न सजिलो (भिडियो)


Imagekhabar
२२ पुष २०७४, शनिबार १२:४३

चीनसम्म जोडने तमोर करिडोर निर्माण धमाधम, पूर्वी पहाडबाट तराई झर्न सजिलो (भिडियो)

ट्रयाक खोलिसकेका स्थानमा यातायातका साधन समेत सञ्चालनमा आउन थाले पछि सो क्षेत्रका स्थानीयले राहत महसुस गर्न थालेका छन् ।

यातायातका साधन चढ्नकै लागी घण्टौको पैदल दुरी तय गर्नुपर्ने अवस्थामा रहेका धनकुटास्थित तमोर नदी आसपासका बासिन्दालाई यतिबेला भने निकै सहज भएको छ ।

पूर्वी पहाडका धनकुटा, पाँचथर र तेह्रथुम र ताप्लेजुङ जिल्लालाई तराईका बजार जोड्ने सबैभन्दा छोटो मार्ग तमोर करिडोरअन्र्तगत पाँचथरको फिदिम बजारदेखि यासोक,सावा खोला हुँदै धनकुटाको मुलघाटसम्म सवारी साधन सञ्चालनमा आए संगै स्थानीयले राहत महसुस गरेका हुन् ।

तमोर करिडोरको मुलघाटदेखि सावा खोलासम्मको ५२ किलोमिटर ट्रयाक खोल्ने काम पुरा भए संगै पाँचथरको सदरमुकाम फिदिम, यासोकदेखि अहिले तमोर करिडोरको वाटो हुँदै तराईसम्म दैनिक दर्जन भन्दा वढी साना यातायातका साधन सञ्चालनमा आउने गरेका छन् ।

यातायातका साधन सञ्चालनमा आएसंगै अहिले दैनिक उपभोग्य सामान गाउँसम्म पुर्‍याउन तथा गाउँमा उत्पादन भएको कृषिजन्य उत्पादन वजार पुर्‍याउन निकै सहज भएको स्थानीय बताउँछन्् ।

धनकुटाको मुलघाटबाट पाँचथरको माझीटार, ताप्लेजुङको दोभान, सुकेटार हुँदै ओलाङचुङगोला हुँदै चीनको तीब्बतसँग जोड्ने लक्ष्यका साथ आयोजनाको काम २०६७ सालबाट सुरु भएको थियो ।

पाँचथरदेखि इलाम हुँदै तराई पुग्न ६ घण्टा तथा ताप्लेजुङवाट ८ घण्टा लाग्ने गरेकोमा सडकको ट्रयाक खुलेसंगै अहिले भने पाँचथरबाट ३ र ताप्लेजुङवाट ४ घण्टामा तराई पुग्न सकिन्छ ।

मेची राजमार्गवाट तराइ झर्दा भन्दा यो मार्गबाट आधा भन्दा वढी छोटो भएकाले करिडोरको भविष्य राम्रो रहेको यातायात चालकहरुको भनाइ छ ।

सडकको ट्रयाक खुलेर सवारी साधन चल्न थालेपछि सो क्षेत्रमा साना होटलहरु समेत सञ्चालनमा आएका छन् ।

यात्रुहरुलाई सेवा दिने उद्देश्यले कोशी करिडोरको आसपासमा तीन दर्जन भन्दा बढी होटल सञ्चालनमा छन् ।

करिडोरमा नियमित रुपमा गाडी चल्न थालेपछि व्यापार व्यवसाय वढेको स्थानीय होटल व्यवसायी बताउँछन् ।

धनकुटाको मुलघाटदेखि तमोर नदिको किनारै किनार करिव १ सय ८० किमिमा तथा विराटनगरको रानी भन्सारवाट चाइना वोर्डरसम्मको लम्वाई २ सय ७० किमि छ ।

ओलाचुङगोलासम्म ट्रयाक खुल्ने काम अन्तिम चरणमा रहेको र दुई महिना भित्र खुलिसक्ने उत्तर दक्षिण सडक आयोजनाका प्रमुख कुवेर नेपालीले जानकारी दिए ।

मुलघाटबाट ट्रयाक सुरु भएको तमोर करिडोरमा अहिले मुलघाट–चतरा ३३ किलो मिटर थप गरिएको छ । चालु आर्थिक बर्षबाटै ट्रयाक खोल्न वजेट समेत विनियोजन गरिएको छ ।

(भिडियो)

प्रतिक्रिया दिनुहोस्