चिनियाँ डिजाइनअनुसार दरबार हाइस्कुल पुनःनिर्माण प्रस्तावमा असन्तुष्टि (भिडियो) • Image Khabar Image Khabar


चिनियाँ डिजाइनअनुसार दरबार हाइस्कुल पुनःनिर्माण प्रस्तावमा असन्तुष्टि (भिडियो)


Imagekhabar
२२ पुष २०७४, शनिबार १४:४८

चिनियाँ डिजाइनअनुसार दरबार हाइस्कुल पुनःनिर्माण प्रस्तावमा असन्तुष्टि (भिडियो)

सरोकारवाला निकायबीच मत बाझिँदा दरबार हाइस्कुल पुनःनिर्माणमा अन्योलता देखिएको हो ।

वि.सं. १९१० सालमा तत्कालीन राणा प्रधानमन्त्री जंगबहादुरले स्थापना गरेको मुलुककै पहिलो विद्यालय दरबार हाइस्कुल १९४८ सालमा रानीपोखरीनजिक रहेको अहिलेको भवनमा सरेको थियो ।

२०७२ सालको भूकम्पले दरबार हाइस्कुल भवनमा धेरै क्षति पुगेको थियो । भोटाहिटीतर्फको भित्ता भत्किएको थियो भने अन्य भागमा पनि क्षति पुगेको थियो ।

भूकम्प गएको तीन वर्ष पुग्न लाग्दासमेत सरकारी स्तरबाट दरबार हाइस्कुल पुनःनिर्माणको पहल भएको छैन । तर, चीन सरकारले चिनियाँ डिजाइनअनुसार स्कुल पुनःनिर्माणको प्रस्ताव गरेको छ ।

पुरातात्विक महत्वको विद्यालयलाई चिनियाँ मोडलअनुसार बनाउन भने पुरातत्व विभागले असन्तुष्टि जनाएको छ ।

चीन सरकारले प्रस्ताव गरेको संरचना सच्याएरमात्र पुनःनिर्माण गर्नुपर्ने पुरातत्व विभागको भनाइ छ ।

चीनको इच्छाअनुसार नेपालको सम्पदा पुनःनिर्माण गर्दा आफ्नो मौलिकता गुम्ने भन्दै देशकै गरिमा बोकेको यो विद्यालयलाई ऐतिहासिक धरोहरकारूपमा जोगाएर राख्नुपर्नेमा पुरातत्वले जोड दिएको छ ।

विदेशी संस्थाले सहयोग गर्दैमा देशको ऐतिहासिक शैली नै मेटिनेगरी पुनःनिर्माण गर्न नहुने पुरातत्व विभागको भनाइ छ ।

भिडियो हेर्नुहोस्

प्रतिक्रिया दिनुहोस्