
पुस २७ गते निर्वाचन अधिकृत तोकेर तयारीमा जुटेको आयोग पुस २९ गते सातै प्रदेशमा निर्वाचन अधिकृतको कार्यालय खोलेर निर्वाचन कार्यक्रमलाई गति दिने तयारीमा छ ।
सात प्रदेशको उच्च अदालत रहेको जिल्लामा निर्वाचन अधिकृतको कार्यालय खोली मतदाता नामावली प्रकाशन, मनोनयन दर्ता र मत गणनाको समेत काम त्यहीँ गर्ने गरी आयोगले तयारी अघि बढाएको छ ।
राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि २ हजार ५६ जना मतदाता रहेका छन् ।
जसमा प्रदेशसभा सदस्य ५ सय ५० जना र स्थानीय तहतर्फ महानगरपालिका, नगरपालिका र गाउंपालिका प्रमुख तथा उपप्रमुखहरु गरी १५ सय ६ जना रहने छन् ।
मतदाता नामावली सहित निर्वाचन कार्यतालिका बनाएर निर्वाचनको तयारीमा जुटेको निर्वाचन आयोगका प्रवक्ता नवराज ढकाल बताउँछन् ।
राष्ट्रियसभा सदस्य निर्वाचनका लागि माघ १० गते उच्च अदालत रहेका सातै प्रदेशको केन्द्रमा मनोनयन दर्ता हुनेछ ।
राष्ट्रियसभा सदस्यमा मनोनयन दर्ता गर्न यी २ हजार ५६ र प्रतिनिधि सभा तथा प्रदेशसभाको समानुपातिको सूचीमा कायम रहेका बाहेक निर्वाचन आयोगको मतदाता नामावलीमा नाम रहेका जो कोहीले पनि उम्मेदवारी दर्ता गराउन सक्ने व्यवस्था गरिएको छ ।
आयोगका प्रवक्ता ढकाल मतदाता रहेका जोसुकैले पनि राष्ट्रियसभामा मनोनयन गर्न सक्ने बताउँछन् ।
लामो समयको रस्साकस्सीबीच एकल संक्रमणीय र बहुमतीय दुवै प्रणाली अनुसार हुन लागेको यो निर्वाचनले नयाँ सरकार निर्माणको ढोका खोल्नेभएकोले पनि अझ बढी चासोको विषय बनेको छ ।
प्रतिक्रिया दिनुहोस्