३ असार २०८२, मंगलबार | Tue Jun 17 2025


एफबिआईलाई बयान दिन डोनाल्ड ट्रम्प तयार


0
Shares

राष्ट्रपति कार्यालय ह्वाईट हाउसमा आयोजित पत्रकार सम्मेलनमा राष्ट्रपति ट्रम्पले एफ.बि.आई.का अनुसन्धानकर्ता रोबर्ट म्युलरलाई अन्तर्वार्ता दिन आफू तयार रहेको बताएका हुन् ।

म्युलरले छानविनका लागि राष्ट्रपति ट्रम्पसँग बयान लिने बताइए पनि मिति भने तय भएको छैन । ट्रम्पले अबको दुईदेखि तीन साताभित्र बयानका लागि अन्तर्वार्ता हुने अनुमान गरेका छन् ।

एफ.बि.आईले अमेरिकी राष्ट्रपति चुनावमा रुसी हस्तक्षेपबारे छानबिन गरिरहेको छ । छानबिनकै क्रममा एफ.बि.आई प्रमुख जेम्स कोमीलाई गत मे मा पदबाट हटाएपछि राष्ट्रपति ट्रम्पको ब्यापक आलोचना भएको थियो ।

त्यसपछि एफबिआई प्रमुख नियुक्त गरिएका एन्ड्रिउ म्याक्केबले पनि ट्रम्प विरुद्धको छानबिन जारी राखेका छन् ।

कोमीलाई पदबाट हटाएको विषय अमेरिकी चुनावमा रुसी संलग्नताबारे चलिरहेको छानबिनसँग सम्बन्धित थियो कि थिएन भन्ने विषयमा समेत म्युलरले अहिले छानबिन गरिरहेका छन् । (एजेन्सी)