२८ जेष्ठ २०८२, बुधबार | Wed Jun 11 2025


नयाँ प्रधानमन्त्रीबाट पेट्रोल पाइपलाइनको शिलान्यास


0
Shares

पाइप लाइनका लागि धमाधम पाइप नेपाल भित्रिरहेको भए पनि भारतले नयाँ सरकार बनेपछि पाइप लाइन निर्माण थाल्ने संकेत गरेको हो ।

वाम गठबन्धनको बहुमत रहेकाले भावी प्रधानमन्त्रीको रुपमा केपी शर्मा ओलीलाई हेरिएको छ । राजनीतिक स्वार्थ पूरा गर्न साढे दुई वर्षअघि इन्धनमा नाकाबन्दी लगाएको भारतले नयाँ बन्ने रक्सौल–अमलेखगञ्ज पेट्रोल पाइपलाइनको शिलान्यास नयाँ प्रधानमन्त्रीबाट गरेर राजनीतिक सन्देश दिने तयारी गरेको हो ।

‘पाइप आए पनि नयाँ प्रधानमन्त्रीबाट शिलान्याश गर्ने सन्देश आएको छ,’ निगमका एक अधिकारीले भने, ‘निर्माण सुरु गर्न केही समय लाग्ने देखिएको छ ।’ –नागरिक दैनिकबाट