Logo २१ पुस २०८२, सोमबार | Mon Jan 5 2026


प्रथम अछाम महोत्सवमा पौस्टिक परिकार प्रदर्शन


0
Shares

‘पौष्टिक परिकारको अपरिहार्यता स्वस्थ्य तथा सुखी परिवारको आवश्यकता’ भन्ने मुल नाराका साथ पौस्टिक परिकार प्रदर्शन कार्यक्रममा अछाम जिल्लामा पाईने स्थानीय रैथाने बाली (कोदो, कागुनो, सिस्नो, फापर, सिमीलगायत) बाट बनेका परिकारप्रति सर्वसाधारणको आकर्षण बढेको आयोजक उद्योग वाणिज्य संघ अछामले बताएको छ ।

महोत्सवमा बाजुरामा उत्पादन गरिएका मसला, सस र स्थानीय खाद्य परिकारको प्रदर्शनी तथा बिक्री गरिएको छ ।

जिल्ला पशु सेवा कार्यालयको कृषि तथा खाद्य आयोजनाले कार्यक्रम आयोजना गरेको थियो । स्थानीय तहमा पाइने पौस्टिक खाद्य पदर्थलाई विभिन्न परिकार बनाउने तरिका तथा उपभोग गर्न प्रोत्साहन दिइने उदेश्यले कार्यक्रमको आयोजना गरिएको थियो ।

विशेष गरेर सुनौला हजार दिनभित्र पर्ने आमा तथा बच्चा र किशोरीहरुको स्वास्थ्य सुधार गर्ने र कृषि तथा पशुजन्य पदर्थ सहितको आहारा बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जिल्ला पशु सेवा कार्यालय कृषि तथा खाद्य सुरक्षा आयोजनाका प्राविधिक अधिकृत डा. महेश प्रसाद श्रीवास्तवले जानकारी दिए ।

पौस्टिक परिकार प्रदर्शनी कार्यक्रममा स्थानीयस्तरमा पाइने सिस्नोको कापु, खिर, कोदोको केक र अन्डाका परिकार बनाएर सहभागीहरुलाई खुवाईएको थियो ।