
आर्थिक एजेन्डालाई केन्द्रित गर्ने भन्दै बनेको वाम गठबन्धनको सरकारबाट अपेक्षा धेरै गरिएको भएपनि यस क्षेत्रप्रति स्पस्ट दृष्टिकोण आउन नसकेको उनीहरुको भनाइ छ ।
लगानीकर्ता संघ नेपालका अध्यक्ष उत्तम अर्याल ‘सरकारको पुँजीबजारप्रतिको दृष्टिकोण स्पस्ट नभइ ठूला लगानीकर्ताहरुले यस क्षेत्रमा लगानी कसरी गर्छन् ?’ भनी प्रश्न गर्छन् ।
मंगलबार हामीसित कुरा गर्दै उनले ‘पुँजीबजार शतप्रतिशत उत्पादनशील क्षेत्र हो’ भन्दै सरकारले यस क्षेत्रको सुधारका लागि आफ्नो दृष्टिकोण सार्वजनिक गर्दै मार्जिन कल दर बढाउनुपर्नेलगायतका सुधारका काम तत्काल गर्नुपर्ने माग गरे ।
प्रतिक्रिया दिनुहोस्