१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


लाप्राक नमुना बस्तीका निर्माणाधीन घरहरु गोलाप्रथाबाट निर्धारण


0
Shares

गैरआवासीय नेपाली संघका अध्यक्ष भवन भट्ट र धार्चे गाउँपालिकाका अध्यक्ष सन्तोष गुरुङको उपस्थितिमा लाप्राक नमुना बस्तीका निर्माणाधीन घरहरु कुन लाभग्राहीलाई कुन क्षेत्रको, कुन नम्बरको घर पर्ने हो गोलाप्रथाद्वारा निर्धारण गरिएको संघले जनाएको हो ।

संघका अध्यक्ष भट्टले एक वर्षअघि घर निर्माणसम्बन्धी सम्झौता गरेका लाभग्राहीहरुलाई निर्माणकार्यमा सहभागिता गराउन गोलाप्रथामार्फत् उनीहरुको घर छुट्याइएको जानकारी गराए ।

अब आउने गैरआवासीय नेपाली दिवसको अवसरमा सबै घरहरुको निर्माण सकेर औपचारिक हस्तान्तरण गर्ने लक्ष्य राखेको हुँदा निर्माणकार्यलाई तीव्र पार्नका लागिसमेत स्थानीय सहभागिता बढाउन घर छुट्याइएको जनाइएको छ ।