नेपाल र स्कटल्याण्डबीचको खेल जारी, टस जितेर नेपाल पहिले ब्याटिङ गर्दै • Image Khabar Image Khabar


नेपाल र स्कटल्याण्डबीचको खेल जारी, टस जितेर नेपाल पहिले ब्याटिङ गर्दै


Imagekhabar
२४ फाल्गुन २०७४, बिहीबार १३:३०

नेपाल र स्कटल्याण्डबीचको खेल जारी, टस जितेर नेपाल पहिले ब्याटिङ गर्दै

काठमाडौं, फागुन २४ । जिम्बावेमा जारी एक दिवसीय विश्वकप क्रिकेट छनोट प्रतियोगिताको दोस्रो खेलमा नेपालले अहिले स्कटल्याण्डको सामना गरिरहेको छ ।

खेलमा टस जितेर नेपालले पहिले ब्याटिङ गरि रहेको छ । प्रतियोगितअन्तर्गत आफ्नो पहिलो खेलमा आयोजक जिम्बावेसँग १ सय १६ रनले पराजित भएको नेपाल आज पहिलो जितको खोजीमा छ ।

तर उत्कृष्ट फर्ममा रहेको स्कटल्याण्ड विरुद्धको खेल नेपालको लागि सहज पक्कै पनि हुनेछैन । प्रतियोगितामा लगातार दुई खेल जित्ने क्रममा स्कटल्याण्डले अफगानिस्तान र हङकङ्लाई पराजित गरेको थियो ।

आजको खेल जित्दै स्कटल्याण्ड पनि सुपर सिक्सको यात्रा निश्चित गर्न चाहन्छ । नेपालले समुहको तेस्रो खेलमा अप्mगानिस्तान र चौथो तथा अन्तिम खेलमा हङकङ्को सामना गर्नेछ ।

बाँकी रहेका सबै तीन खेल जितेको खण्डमा सुपर सिक्समा नेपालको यात्रा निश्चित हुनेछ । कुनै एउटा खेल हारेको खण्डमा भने नेपालको यात्रा समुहका अन्य टोलीहरुको प्रदर्शनमा निर्भर गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्