२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


पूरा नहुने आयोजनाको शिलान्यास नै नगर्ने प्रधानमन्त्री ओलीको उद्घोष


0
Shares

राजधानीको भृकुटीमन्डपमा बिहीबारदेखि सुरु भएको सातौं अन्तर्राष्ट्रिय व्यापार मेलाको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले पूरा हुन नसक्ने शर्त भएका र पूर्वाधार नभएका आयोजनाको शिलान्यास नगर्ने बताए ।

रकम घटाएर ठेक्का लिने तर कामै नगरी वर्षाैं बसेर पैसा थपाउने विकृतिको पनि अन्त्य गर्ने उनको भनाइ थियो ।

सरकार भ्रष्टाचारविरुद्ध निर्मतापूर्वक लागेको भन्दै उनले उत्पादन वृद्धि र रोजगारी सिर्जनाका लागि नयाँ योजनाहरु लागू गर्ने पनि बताए ।

नेपाल भीकमंगाको देश नभएकाले काम गर्न नसक्नेहरुलाई सरकारले नै पाल्ने भन्दै प्रधानमन्त्री ओलीले त्यसका लागि चाँडै नै योजना सार्वजनिक गर्ने पनि बताए ।