सुन–चाँदीको भाउमा सामान्य कमी • Image Khabar Image Khabar


सुन–चाँदीको भाउमा सामान्य कमी


Imagekhabar
२४ फाल्गुन २०७४, बिहीबार २०:२१

सुन–चाँदीको भाउमा सामान्य कमी

अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यसदिन स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा ३०० रुपैयाँले घटेर तोलाको ५७ हजार ७०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सुनको मूल्य बुधबार तोलामा ४०० ले बढेर तोलाको ५८ हजार रुपैयाँमा कारोबार भएको थियो ।

बिहीबार चाँदीको मूल्यमा पनि तोलामा ५ रुपैयाँले कमी आएर तोलाको ७४५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा बिहीबार साँझसम्म सुन प्रतिऔंस १३ सय २५ डलर हाराहारीमा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्