बस्तीभन्दा सडक अग्लो भएपछि व्यापार व्यवसायमा असर • Image Khabar Image Khabar


बस्तीभन्दा सडक अग्लो भएपछि व्यापार व्यवसायमा असर


Imagekhabar
२५ फाल्गुन २०७४, शुक्रबार ११:००

बस्तीभन्दा सडक अग्लो भएपछि व्यापार व्यवसायमा असर

सडक पक्की गर्ने क्रममा बस्तीभन्दा माथि उठेपछि स्थानीय व्यवसायी मारमा परेका हुन् ।

सुनसरीको नदाहा–चतरा–फत्तेपुर–कञ्चनपुर सडकका दुवै किनारामा ब्यापार व्यवसाय सञ्चालनमा छन् । सडक र पक्कीघर निर्माण सँगसँगै भए पनि सडकले कति उचाइ लिन्छ भन्ने प्राविधिक जानकारी नहुँदा यस्तो अवस्था आएको स्थानीय बताउँछन् ।

बजार क्षेत्रभन्दा पश्चिममा रहेको मूर्ति खोलाको पुलको उचाइसँग सडकलाई मिलाउँदा यो अवस्था आएको सडक निर्माण कम्पनी कालिका कन्ट्रक्सनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्