भूमहीमा फुटबल खेलका लागि कृत्रिम घाँसेमैदान निर्माण हुने • Image Khabar Image Khabar


भूमहीमा फुटबल खेलका लागि कृत्रिम घाँसेमैदान निर्माण हुने


Imagekhabar
२५ फाल्गुन २०७४, शुक्रबार १९:२८

भूमहीमा फुटबल खेलका लागि कृत्रिम घाँसेमैदान निर्माण हुने

व्यवस्थित खेलकुद मैदान नहुँदा खेलाडीहरुलाई समस्या भएको भन्दै नवलपरासी जिल्ला फुटबल संघको पहलमा ‘मिनिपिच’ निर्माण गर्न लागिएको हो ।

शुक्रबार मैदानको शिलान्यास गर्दै एन्फाका अध्यक्ष नरेन्द्र श्रेष्ठले नवलपरासी फुटबल खेलाडीहरुका लागि उर्वर भूमि रहेको बताए ।

रामनगर एकेडेमीको जग्गामा निर्माण हुने सो मैदान एक करोड रुपैयाँको लागतमा सम्पन्न हुने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्