३१ असार २०८२, मंगलबार | Wed Jul 16 2025


सुनको भाउ तोलामा ३०० ले ओर्लियो


0
Shares

अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै् यसदिन स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा ३०० रुपैयाँले ओरालो लागेर तोलाको ५७ हजार ४०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सुनको मूल्य बिहीबार पनि तोलामा ३०० ले नै कमी आएर तोलाको ५७ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

शुक्रबार चाँदीको भाउमा पनि तोलामा ५ रुपैयाँले कमी आएर तोलाको ७४० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा शुक्रबार साँझसम्म सुन प्रतिऔंन्स १३ सय १९ डलर हाराहारीमा कारोबार भएको थियो ।