२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


एनआइसी एसियामा तरलता लगायतका समस्या


0
Shares

संगठितरुपमा गरेको निर्णयलाई एनआइसी एसिया बैंकले नमानी बैंक ब्याजदर बढाएको भन्दै संघले उक्त बैंकसँग अन्तरबैंक कारोबार नगर्ने निर्णय गरेको हो ।

हालै एनआइसी एसियासहितको बैठकमा संघले बचत खातामा ८ र मुद्दति खातामा ११ प्रतिशतभन्दा बढी ब्याज नदिने सहमति गरेको थियो ।

सो सहमतिविपरीत एनआइसी एसियाले बचतमा १० र मुद्दतिमा १२ प्रतिशत ब्याज दिएपछि संघले यस्तो निर्णय लिएको हो ।

एनआइसी एसिया बैंकले भने ब्याजदर तोक्ने अधिकार बैंकर्स संघलाई नभएको जनाएको छ ।

एनआइसी एसिया बैंकले पछिल्लो समय जथाभावी ऋण प्रवाह अत्यधिक गरेसँगै निक्षेप संकलनका लागि दबाब परेको छ । यसले ऋणीहरुमा पनि असर परेको बताइएको छ ।

पछिल्लो समय बैंक सन्चालक समिति र प्रमुख कार्यकारी अधिकृतबीच मतभेद बढेको पनि बुझिएको छ ।

१८० शाखा पुर्‍याएर २०० शाखा पुर्‍याउने भन्दै लागिपरेका प्रमुख कार्यकारी अधिकृत लक्ष्मण रिसाल लामो बिदामा बस्नु सन्चालक समितिसँगको विवाद नै मुख्य कारण भएको बुझिएको छ ।

केही समयअघि कर्मचारीहरुकै मिलेमतोमा ‘स्वीफ्ट ह्याक’ गरी ४१ करोड रुपैयाँ निकालेको विषय पनि बैंकले अझै समाधान गरी रकम फिर्ता लिन सकेको छैन ।

यस्तै, बैंककोे विज्ञापनलगायत सन्चालन खर्च पनि अत्यधिक हुन गएको देखिन्छ ।