Logo २८ असार २०८३, आइतबार | Sun Jul 12 2026


सातै प्रदेशको वाणिज्य सम्पर्क बढाएर नेपाली आयातलाई सहज बनाउन सकिने


0
Shares

वीरगन्ज, फागुन २६ । भारतमा रहेका नेपालका महावाणिज्यदूत एकनारायण अर्यालले नेपालका सातै प्रदेशको वाणिज्य सम्पर्क बढाएर नेपाली आयातलाई सहज बनाउनुपर्ने बताएका छन् ।

महावाणिज्यदूत अर्यालले कोलकातामा नेपाली सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेपालले भारतसँगको कनेक्टीभिटी सातै प्रदेशमा जोडेर आयातलाई सहज बनाउनुपर्ने बताएका हुन् ।

नेपालले भारतसँग सहज आयातको सुविधा लिएर आफ्नै पानीजहाज चलाउँदा उपयुक्त हुने उनको भनाइ थियो ।

महावाणिज्यदूत अर्यालले भूपरिवेष्ठित हुँदा नेपालले तेस्रो मुलुकसँगको व्यापारमा समस्या खेपिरहेको बताए ।

भारतीय बन्दरगाहा अहिले भइरहेको भन्सार जाँचको काम नेपाल–भारत सीमा हुने व्यवस्था गरे नेपाली समस्या स्वतः समाधान हुने उनको भनाइ थियो ।