Logo २८ असार २०८३, आइतबार | Sun Jul 12 2026


अवैध रुपमा भारतबाट बोईलर कुखुराको आयात गर्ने क्रम बढ्यो


0
Shares

झापा, फागुन २६ । झापाको काँकडभिट्टा नाका हुँदै अवैध रुपमा भारतबाट बोईलर कुखुराको आयात गर्ने क्रम बढेको छ ।

प्रहरीले दुई दिनभित्र यो नाकाबाट अवैध रुपमा आयात गरिएको ५ सय ४० किलोभन्दा बढी बोइलर कुखुरा र त्यसको मासु बरामद गरेको छ ।

पछिल्लो समयमा यो नाका प्रयोग गर्दै कुखुराको आयात हुने गरेको सूचनाका आधारमा चेक जाँचमा कडाई गरिएको ईलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायव उपरीक्षक टंकप्रसाद भट्टराईले बताए ।