
सम्मेलनमा विभिन्न मुलुकका ३० ओटाभन्दा बढी साकाहारी संस्था र १५० भन्दा बढी साकाहारी अभियन्ताहरु सहभागी छन् ।
कार्यक्रमका आयोजक रीता लिम्बूले नेपालीहरुलाई साकाहरी जीवन जीउन प्रेरित गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको बताइन् ।
उनले एसियाका धेरै देशबाट नेपाल आउने पर्यटकहरु साकाहारी हुने भएकाले उनीहरुका लागि साकाहारीमैत्री वातावरण निर्माण गर्न आवश्यक रहेको बताइन् ।
दुई दिनसम्म चल्ने सो महोत्सवमा साकाहारी परिकारहरु र पाककलाको प्रदर्शनी पनि राखिएको छ ।
प्रतिक्रिया दिनुहोस्