
पेट्रोलियम पदार्थ ढुवानी गर्दा ट्यांकर लक गर्ने प्रणाली नेपालमा पहिलोपल्ट भित्र्याउन लागिएको हो । यो प्रणाली आगामी मंगलबारदेखि मेचीबाट सुरु हुनेछ ।
नेपाल आयल निगम क्षेत्रीय कार्यालय विराटनगरका प्रमुख भानुभक्त खनालले लामो प्रयासपछि पेट्रोलियम ढुवानी गर्ने ट्यांकरमा लक प्रणाली सुरु हुन लागेको जानकारी दिए ।
पेट्रोलियम डिलर्स एसोसिएसन कोसीको शनिबार विराटनगरमा भएको १५औं वार्षिक साधारणसभामा प्रमुख खनालले ढुवानीकाक्रममा बाटोमा हुने पेट्रोलियम पदार्थको चुहावट तथा मिसावट रोक्न ट्यांकर लक गर्न लागिएको बताए ।
उनले पहिलो चरणमा भारतको सिलिगुडीबाट काँकडभिट्टा नाकासम्म आइपुग्ने ५९ ट्यांकरमा लक गरिने जानकारी दिए ।
त्यसपछि क्रमशः मुलुकभरमा सन्चालनमा रहेका पेट्रोलियम ढुवानी गर्ने ट्यांकरमा लक प्रणाली लागू गरिने उनको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्