मनाङलाई स्तब्ध पार्दै आर्मी उपाधिनजिक, नवयुगको निर्णायक गोल • Image Khabar Image Khabar


मनाङलाई स्तब्ध पार्दै आर्मी उपाधिनजिक, नवयुगको निर्णायक गोल


Imagekhabar
२६ फाल्गुन २०७४, शनिबार १८:३१

मनाङलाई स्तब्ध पार्दै आर्मी उपाधिनजिक, नवयुगको निर्णायक गोल

शनिबार भएको दोस्रोे सेमिफाइनल खेलमा मनाङ–मर्स्याङ्दी क्लबलाई १–० ले पराजित गर्दै आर्मी फाइनलमा प्रवेश गरेको हो ।

आर्मीले अब उपाधिका लागि सोमबार आयोजक झापा–११ सँग प्रतिस्पर्धा गर्नेछ । शुक्रबार भएको पहिलो सेमिफाइनलमा थ्रीस्टार क्लबलाई हराउँदै झापा फाइनलमा पुगिसकेको छ ।

आर्मी पहिलो संस्करणको झापा गोल्डकपको उपाधि विजेता टोलीसमेत हो ।

शनिबार आर्मीले खेल सुरु भएको दोस्रो मिनेटमै गोलको खाता खोलेको थियो । विकास तामाङको लामो पासलाई सदुपयोग गर्दै आर्मीका नवयुग श्रेष्ठले बललाई जाली चुमाएका थिए ।

नवयुगको त्यही गोल नै आर्मीको जितका लागि निर्णायक बन्यो ।

सुरुआतदेखि नै आक्रमक देखिएको आर्मीले अधिकांश समय बल आफ्नो नियन्त्रणमा राखेपनि गोल गर्ने थुप्रै अवसर खेरफालेको थियो । मनाङले केही सुन्दर अवसर पाएपनि सदुपयोग गर्न सकेन ।

खेलको ‘म्यान अफ दी म्याच’ आर्मीका गोलरक्षक विकेश कुथू घोषित भए । उनले नगद २५ हजार रुपैयाँ प्राप्त गरे ।

प्रतियोगिताको विजेता टिमले १२ लाख ५१ हजार र उपविजेताले ६ लाख रुपैयाँ पुरस्कार पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्